अन्य भाषामा मुख्य जानकारी
Languages

Bahasa Indonesia Hindi - हिन्दी Nepali - नेपाली Punjabi - ਪੰਜਾਬੀ
Tagalog Thai - ไทย Urdu - اردو Vietnamese - Tiếng Việt
繁體中文 简体中文 English

सूचना सेवा विभाग (ISD) को वेबसाइटको इएम भाषा संस्करणमा छनौट गरिएका उपयोगी जानकारी मात्र हुन्छन्। तपाईले हाम्रो वेबसाइटको पूर्ण सामग्री अंग्रेजी, परम्परागत वा सरलीकृत चिनियाँमा पहुँच प्राप्त गर्न सक्नुहुन्छ। ISD द्वारा निर्धारित गरिएको जातीय समानताको प्रोत्साहन गर्ने उपायहरू, र व्यवस्थित गरिएको व्याख्या र अनुवाद सेवाहरूको तथ्याङ्कहरू यहाँ उपलब्ध छन्।

सूचना सेवा विभागको वेबसाइटमा स्वागत छ। हामी सरकारको जनसम्पर्क र विज्ञापन एजेन्सी, प्रकाशक र समाचार संस्था, सञ्चार सल्लाहकार र अनुसन्धान इकाई हौं। हामी सरकारी डिजाइन र प्रदर्शन सेवाहरू, साथै चलचित्र र फोटोग्राफीको लागि पनि जिम्मेवार छौं।

हामी मुद्रण र विद्युतीय सञ्चार माध्यम, इन्टरनेट र सामाजिक सञ्जाल, साथै प्रेस विज्ञप्ति र वार्ता सहित विभिन्न माध्यम मार्फत समाचार र जानकारी प्रसार गर्छौं। सबै प्रमुख भाषण, प्रेस विज्ञप्ति, फोटो र भिडियो क्लिपहरू सञ्चार माध्यम तथा जनतालाई विभागको वेबसाइट मार्फत जारी गरिन्छ, र विभागको वेबसाइटले सञ्चार अभिलेख पनि संरक्षित गर्छ। यस अतिरिक्त, प्रमुख सरकारी प्रेस विज्ञप्ति र महत्त्वपूर्ण घटनाहरू विभागको वेबसाइटमा प्रत्यक्ष प्रसारण गरिन्छ, र साथै प्रसारण भएकै दिन वेबसाइटमा भिडियो संग्रह समेत अपलोड गरिन्छ।

हाम्रो मिशन सरकारी नीति, निर्णय र गतिविधिहरूको बारेमा जनतामा समझ बढाउनु हो। हङकङ बाहिर रहेको सरकारी कार्यालयहरू सँग मिलेर काम गरेर हामी मेनल्याण्ड चीन र विश्वभरि हङकङको प्रचारप्रसार गर्न वरिष्ठ अधिकारीहरूको भ्रमण समर्थन गर्छौं। हामी चीन तथा हङकङका कथाहरू राम्रो तरिकाले सुनाउने सरकारको सञ्चार कार्यलाई पनि समर्थन गर्छौं।

ISD का प्रमुख कार्यहरू तल सूचीबद्ध गरिएका छन्।
समाचार एजेन्सी
जनसम्पर्क सल्लाहकार
बिक्रेता र प्रवर्द्धक
प्रकाशक

* यी सामग्रीहरू अंग्रेजी, परम्परागत चिनियाँ र सरलीकृत चिनियाँमा मात्र उपलब्ध छन्।

 

 

Web Accessibility Recognition Scheme
Level Double-A conformance, W3C WAI Web Content Accessibility Guidelines 2.0